बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।
नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award), एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र टप २० स्टोर अवार्ड (Top 20 Store Award) प्राप्त गरेको छ ।

यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरुलाई सम्मानित गरियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गर्नुभयो ।
नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड (2024 Outstanding Marketing Dealer Award) प्राप्त ग-यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड (2024 Best Sales Growth Dealer Award) प्राप्त गरे ।
‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भन्नुभयो ।
‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रुपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरुलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रुपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भन्नुभयो ।
साइमेक्स इंक आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरुलाई उहाँहरुको निरन्तर विश्वास र समर्थनको लागि हृदयदेखि कृतज्ञता व्यक्त गर्दछ । यो क्षणमा, हामी नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने अपेक्षा गर्दछौ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...