आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

दमौली (तनहुँ), १० वैशाखः जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो ।

समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो । बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताउनुभयो ।

बजार क्षेत्रमा ठूला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनी प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उहाँको भनाइ छ ।

प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ । प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिनुभयो ।

आँबुखैरेनीका विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने

आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबीच विद्यालयमा उक्त पुस्तिका समावेश गर्ने बारेमा सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क पुस्तिका २०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

यस पाठ्यपुस्तकले विद्यार्थीमा कानुनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा प्रहरी र विद्यालयसँग सहकार्य गर्दै शिक्षालाई अझ सुरक्षित, सशक्त र जिम्मेवार बनाउने मार्गमा अघि बढेको छ ।”

यो पाठ्यपुस्तकले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...