‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ, ११ वैशाखः आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत भएको दिन । २०६२÷६३ सालमा भएको १९ दिने जनआन्दोलनकfबलमा नेपालमा लोकतन्त्र स्थापना भयो । आज देशमा त्यति सजिलै लोकतन्त्र आएको होइन । लोकतन्त्रको यो सुनौलो बिहानी आउनुमा २५ जनाले आफ्नो ज्यानको बाजी दिनुभयो र साढे सात हजार जना घाइते हुन भएका थिए ।

त्यही जगमा २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । उक्त घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहीत रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’ र, विधिवत रुपमा २०६४ सालदेखि नेपालमा लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता आफ्नै हातमा लिएपछि राजनीतिक परिस्थिति फरक मोडमा पुग्यो । राजधानीमा सात दल एक ठाउँमा उभिन पुगे । सात दल निरन्तर सडक आन्दोलनमा होमिए । विस्तारै गणतन्त्रका पक्षमा आवाज उठ्दै गए । उता तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) पनि सात दलको आन्दोलनमा ऐक्यबद्धता जनायो । पछि गएर सात दल र नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी हुने वातावरण तयार भयो । २०६२ चैत २४ गतेदेखि जनआन्दोलन शुरु भयो । सडकमा लाखौं जनताहरु उत्रिए । लोकतन्त्र, गणतन्त्र र स्थायी शान्तिका पक्षमा गगनभेदी नाराहरु लागे । गुमेका अधिकार फर्काउनका लागि जनताहरु सडकमा उत्रिएका थिए ।

ऐतिहासिक जनआन्दोलनमा म हरेक दिनजसो सहभागी हुन्थें । १७ वर्षको ठिटो । मनमा बेग्लै जोश, जाँगर र ऊर्जा थियो । रत्नराज्य लक्ष्मी क्याम्पसबाट आइए दोस्रो वर्षको परीक्षा दिएर बसेको थिएँ । देशमा सकारात्मक परिवर्तन होस् र स्थायी शान्ति छाओस् भन्ने चाहना थियो । नयाँ नेपालको सपना बोकेर शुरु भएको जनआन्दोलनमा म पनि एक सचेत नागरिकका हिसाबले होमिएको थिएँ । गुमेका आफ्अधिकारका पक्षमा सारा नेपालीहरुले बुलन्द रुपमा आवाज उठाएका थिए ।

जनआन्दोलन उत्कर्षमा पुगेको थियो । देशमा यसले केही न केही नयाँ परिवर्तन ल्याउँछ, छिट्टै नै नयाँ परिणाम दिन्छ भन्नेमा सबै ढुक्क थिए । सडकमा हरेक दिन मानवसागर उर्लिदै गयो । २०६३ वैशाख ९ गते त्रिपुरेश्वर मलाई गोली लाग्यो । इतिहासमा कहिल्यै नमेटिने गरी त्यो घटना मेरो मस्तिष्कमा बसेको छ । त्यो विशाल जनसागर त्रिपुरेश्वरबाट रत्नपार्कतर्फ अगाडि बढ्ने क्रममा गोली बर्सिएको थियो । गोली र लाठी सामु पनि जनताहरुले प्रतिकार गरिरहे । काठमाडाँैको मोडल अस्पतालमा मेरो उपचार भएको थियो ।

तत्कालीन शाही सरकारले कफ्र्यु जारी गरे पनि कसैले त्यसको परवाह गरेका थिएनन् । जनताहरु कसैसामु झुकेनन्, कसैको डर थिएन । मात्र परिवर्तनका पक्षमा उभिएका थिए । अशान्ति र लडाईंबाट जनताहरु आजित थिए । छिट्टै यो अवस्थाको अन्त्य होस् भन्ने सबैको चाहना थियो । गोली, लाठी, अश्रुग्यास कुनै चिजका सामु जनता झुकेनन्। न्याय, शान्ति र सकारात्मक परिवर्तनका पक्षमा लडिरहे ।

तत्कालीन राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गर्नुभयो । आन्दोलनरत दलले तयार पारेको मस्यौदाका आधारमा बैठकसमेत आह्वान गर्नुभयो । गणतन्त्रको जग यसै दिनबाट बसेको थियो । विसं २०६३ जेठ ४ गते संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको घोषणा ग¥यो । र, यस बैठकले अर्को ऐतिहासिक घोषणा पनि ग¥यो । नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव ग¥यो ।

विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य भएको घोषणा ग¥यो । २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो ।

देशमा यति ठूलो परिवर्तन भयो । ठूलाठूला कामहरु सम्पन्न भए । तर, यतिबेला जनआन्दोलनका घाइतेहरुलाई पूरै बेवास्ता गरिएको छ । राहत, क्षतिपूर्ति, स्वास्थ्य उपचारलगायत अन्य सुविधा केबल नारामा मात्र सीमित भए । नेपाल सरकारको गृह मन्त्रालयले प्रदान गरेको घाइते परिचयपत्रको आजको दिनमा खासै कुनै उपयोगिता छैन । तत्कालीन समयमा नेपाल सरकारको मातहतमा गठन गरिएको ‘जनआन्दोलनका घाइतेको उपचार निर्देशन तथा व्यवस्थापन समिति’ अहिले पूरै निस्कृय बनिसकेको छ ।

शुरुमा नेपाल सरकारले जनआन्दोलनका घाइतेहरुको उपचार गर्ने, आर्थिक सहायता प्रदान गर्ने बाचा गर्ने भने पनि अहिले घाइतेहरुका लागि काम गर्ने कुनै सरकारी संयन्त्र नै छैन । तत्कालीन समयमा बबरमहलमा रहेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत राहत तथा पुनःस्थापना इकाइ खडा गरिएको थियो । दीर्घकालीन रुपमा यसले पनि काम गर्न सकेन । मुलुकले लोकतन्त्र दिवस मनाइरहँदा ऐतिहासिक जनआन्दोलनका घाइतेहरुको योगदानलाई पनि सम्झिनुपर्छ । मुलुकलाई यस स्थितिसम्म ल्याउन शहिद तथा घाइतेको ठूलो योगदान रहेकाले उचित सम्मान तथा राहतका कार्यक्रम ल्याउनेतर्फ गम्भीर भएर सोच्नैपर्छ ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएका थिए । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लिएको थियो । आज दुई दशकपछि देशमा जुन राजनीतिक परिस्थिति निर्माण भएको छ, हामीले हिजोको इतिहास भुल्नु हुँदैन । आज मुलुकले लोकतन्त्र दिवस मनाइरहेको छ । यस ऐतिहासिक घडीमा जनआन्दोलनमा आफ्नो ज्यानको शहादत पाएका शहिद, घाइतेको योगदानलाई बिर्सनु हँुदैन । तत्कालीन सरकारले शहिद परिवार र घाइतेहरुका लागि गरिएका बाचा, प्रतिवद्धताहरु कार्यान्वयन गर्न ढिलाइ भइरहेको छ । यसतर्फ तत्काल ध्यान दिएर अविलम्ब कार्यान्वयन गर्नुपर्छ । (सञ्चारकर्मीसमेत रहनुभएका लेखक ऐतिहासिक जनआन्दोलनमा गोली लागेर घाइते व्यक्ति हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...