नुवाकोटका रबि रिमाल नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको सचिवमा निर्विरोध निर्वाचित

काठमाडौं, वैशाख १२ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा रवी रिमाल सचिव पदमा निर्विरोध निर्वाचित भएका छ्न्।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा वैशाख १० र ११ गते सम्पन्न महाधिवेशनले योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए। कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङ, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, गृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्व मन्त्री सीता गुरुङ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सचिव रवी रिमालले आदरणीय नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण सदस्यहरूलाई आभार प्रकट गर्दै संघको विकास र यातायात व्यवसायीहरूको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “सचिव जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउनु भएकोमा सबैप्रति आभार व्यक्त गर्दछु। संघलाई नयाँ उचाइमा पुर्‍याउन पूर्णतः समर्पित रहनेछु।”
नयाँ कार्यसमिति, अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, विजयबहादुर स्वाँर, उपाध्यक्ष खुलातर्फ शरद अधिकारी, नन्दलाल श्रेष्ठ, सानुकाजी प्रजापति, सुरेश हमाल, कान्छामान बल , महासचिव केदारनाथ पौडेल, उपमहासचिव रजन रोक्का, सचिव रवी रिमाल , राजेश कुमार श्रेष्ठ र किरण खड्का, कोषाध्यक्ष राजेन्द्र विक्रम बानिया, सहकोषाध्यक्ष टेकराज जोशी, महिला उपाध्यक्ष पुष्पा श्रेष्ठ, प्रदेश उपाध्यक्षहरू, राजेन्द्र रिजाल कोशी, मनोज चौधरी मधेश, सुवन गिरी बागमती, गोकर्ण कार्की गण्डकी, मनप्रसाद आचार्य लुम्बिनी, विष्णुबहादुर खड्का कर्णाली, उपेन्द्र सिंह विष्ट सुदूरपश्चिम, महाधिवेशनमा सार्वजनिक यातायात क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण, सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन लगायतका विषयमा व्यापक छलफल भएको थियो। नवनिर्वाचित कार्यसमितिले संघलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...