कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र सङ्घर्ष अन्त्य गरेको र चार दशक लामो घातक विद्रोहमा विराम लगाएको बताएको छ ।

सन् १९७० को दशकको उत्तरार्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृङ्खला सुरु गरेको थियो र यसमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो ।

“१२ औँ पिकेके काङ्ग्रेसले पिकेकेको सङ्गठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र सङ्घर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ”, कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा समूहले भनेको छ ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ, तर सरकारले यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।

ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुहरूलाई इस्तानबुलको इम्राली जेल टापुबाट एउटा पत्रमा निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेपछि यो ऐतिहासिक घोषणा आएको हो । उक्त जेलमा उहाँ सन् १९९९ देखि बन्दी हुनुहुन्छ ।

उहाँले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गर्नुभएको थियो । उक्त सम्मेलन पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा गरेको थियो ।

त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिहरू सम्बन्धी ऐतिहासिक महत्त्वका निर्णयहरू’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो ।

“यो अन्त्य होइन, यो नयाँ सुरुआत हो”, पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले कुर्दिश समर्थक मेजोपोटामिया समाचार एजेन्सीले उद्धृत गरेको टिप्पणीमा प्रतिनिधिहरूलाई भन्नुभयो ।

एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागू गरियो र यसका सबै आयामहरूमा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने बताउनुभयो ।

– एर्दोगानका लागि ठूलो जित –

“इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतङ्कमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो”, सेलिकले भन्नुभयो, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन… एक महत्त्वपूर्ण मोड हुनेछ ।”

उहाँले यस प्रक्रियालाई सरकारद्वारा ‘मेहनतका साथ अनुगमन’ गरिने बताउनुभयो ।

यो घोषणा अक्टोबरमा सुरु भएको लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु गर्न सात महिना लामो कामको परिणाम थियो जतिबेला अङ्काराले ओकलानलाई अप्रत्याशित मेलमिलापको प्रस्ताव गरेको थियो ।

“यदि पिकेकेले आफ्नो विघटनको घोषणा गर्छ र कुनै पनि बाधा बिना प्रक्रिया पूरा गर्छ भने, त्यो एर्दोगानका लागि ठूलो जित हुनेछ”, वासिङ्टनस्थित मिडल इस्ट इन्स्टिच्युटका गोनुल तोलले भन्नुभयो ।

उहाँले एर्दोगानको एकेपीले मतपेटिकामा प्रहार गरेको केही महिनापछि कुर्दिशहरूसँग मेलमिलाप खोज्नु आन्तरिक राजनीतिसँग धेरै सम्बन्धित रहेको बताउनुभयो ।

विश्लेषकहरू कुर्दहरूसँगको सम्झौताले एर्दोगानलाई संविधान संशोधन गर्न र कार्यालयमा आफ्नो कार्यकाल विस्तार गर्न अनुमति दिन सक्ने र साथै कुर्दिश समर्थक दलहरू र टर्कीका बाँकी विपक्षीहरू बीच फाटो पार्न सक्ने बताउँछन् ।

“यो ओकालन खुलासाको मुख्य चालक सधैँ एर्दोगानको शासन सुदृढ गर्नेबारे रहेको छ । किनभने यदि यो सम्पूर्ण प्रक्रिया सफल भयो भने उहाँ सन् २०२८ को चुनावमा विभाजित विपक्षको सामना गर्ने बलियो उम्मेद्वारका रूपमा जानुहुनेछ”, तोलले भन्नुभयो ।

सप्ताहन्तको भाषणमा एर्दोगानले ‘हामी आतङ्कमुक्त टर्कीको लक्ष्यतर्फको बाटोमा दृढ कदमका साथ अघि बढिरहेका छौँ’ भन्दै विघटन कुनै पनि क्षणमा घोषणा गर्न सकिने सङ्केत दिनुभएको थियो ।

अङ्कारा, वासिङ्टन र ब्रसेल्सले आतङ्कवादी समूह घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ ।

यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत ओगट्छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...