फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन
राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको छ ।
उहाँले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गर्नुभयो ।
सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आउनुभएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनुहुनेछ ।
विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि, अति–दक्षिणपन्थी दललाई संसद्मा सबैभन्दा ठूलो दल बनाएर र आफ्नै दललाई अल्पसङ्ख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डक (अर्थात शक्तिविहीन) जस्तै देखिनुभएको छ ।
तर हालैका महिनाहरूमा रुसले युक्रेनमा गरेको आक्रमणबाट...

