Thursday, April 16News That Matters

गाजामा आक्रमण तीव्र, इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थलीय फौज तैनाथ

इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ। यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो।

इजरायली सुरक्षाबलले ‘गिदेओनका रथ’ नामक नयाँ अभियान सुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्‍याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ।

“हामी आफ्ना नागरिकको सुरक्षाका लागि काम गरिरहनेछौँ र युद्धका लक्ष्य प्राप्त नहुँदासम्म हाम्रो कारबाही जारी रहनेछ,” सुरक्षाबलको भनाइ छ।

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताउनुभएका थिए।

गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन्।

गत वर्ष असोजदेखि सुरु भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने एक लाख२० हजार २१४ जना घाइते भएका छन्।

हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *