‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
काठमाडौँ, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ ।
अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताउनुभयो । माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उहाँले दिनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना...



