Tuesday, April 21News That Matters

बजेट के हुन्छ ?

जेष्ठ २७, २०८२

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असारको १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ । महानगरभित्र लामो समयको विवादले गरेर कार्यपालिका बैठक नै बस्न सकेको छैन । यी विवादकाबीच अब देशकै ठूलो आकारको बजेट ल्याउने स्थानीय सरकार काठमाडौं महानगरको बजेट अब के हुन्छ !यो प्रश्नमा प्रवक्ता मानन्धर भन्छन्, ‘हामीले तीन वटा बजेट बनाईसकेका छौं । अनुभव पनि भईसकेको छ । त्यसैले प्रकृया सबै पुराना हुन् । तर आगामी आर्थिक वर्षका लागि भने सबै वडाले तयारी गरिरहेका छन् । वडाबाट नागरिक स्तरबाट सुझाव संकलन गर्ने काम भईरहेको छ ।’

यसैगरी महानगर वडा ३० का अध्यक्ष कार्कीले नागरिक भेलाबाट आगामी वर्षको लागि योजना टिपेर तयारी साथ बसेको बताएका छन् । ‘हाम्रो वडाबाट आफ्नै तरिकाले बजेट बनाएका छौं,’ उनले भने, ‘नागरिकसँग भेला गरेर, यो वर्ष भएका कामको बारेमा जानकारी दिएर आफ्नै तरिकाबाट गत वर्षको आधारबाट वडास्तरीय बजेट बनाएका छौं ।’ साथै उनले बजेट नआए महानगरको आर्थिक गतिविधि साउनको १ गतेबाट ठप्प समेत हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *