Friday, May 1News That Matters

युद्धमा भएको क्षतिबाट उस्किनका लागि इरानलाई तेल बेच्नु जरुरी छ, हामी रोक्दैनौं : ट्रम्प

असार १२, २०८२

It is necessary to sell oil to Iran to recover from the damage caused by the war, we will not stop: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्यान्ड्समा नाटोको सम्मेलनका क्रममा इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् । साथै इरानको तेल कारोबारलाई आफूले अब नरोक्ने बताएका छन् ।

उनले भने, ‘इरानले युद्धमा धेरै क्षति व्यहोर्नुपर्‍यो । त्यसबाट उस्किनका लागि इरानलाई तेल बेच्नु आवश्यक छ । यदि चीन इरानबाट तेल खरिद गर्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन ।’

उनले इरान र अमेरिकाबीच आगामी साता कुराकानी हुने पनि बताएका छन् । त्यसअघि मंगलबार नाटोको सम्मेलनका लागि जानेक्रममा उनले चीन अब इरानबाट तेल खरिद गर्नसक्ने बताएका छन् । साथै चीन अमेरिकाबाट पनि तेल खरिद गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

यद्दपि व्हाइट हाउसका अधिकारीले इरानमाथि लागेका प्रतिबन्ध तत्काल नहटाइने स्पष्ट पारेका छन् । इरान–इजरायलबीच चलेको १२ दिनको युद्धपछि मंगलबार ट्रम्पले युद्धविरामको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *