कोशीमा तीन हजारभन्दा बढी डेंगु संक्रमित, तीन जनाको मृत्यु
श्रावण १२, २०८२
झापा — कोशी प्रदेशका १४ जिल्लामै डेंगुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ ।
निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन् । पहाडी जिल्लामा डेंगु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ ।
हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगुको संक्रमण देखिएको उनले जानकारी दिइन् ।
उजले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगुको संक्रमण ३० गुणाले बढेको पाइएको बताइन् । उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ...








