परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

भाद्र १, २०८२
Indian counterpart Mishri's meeting with Foreign Secretary Rai

काठमाडौँ — परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ ।

‘भारत–नेपाल सहयोगको प्रगतिबारे समीक्षा गर्नुभयो । दुवैबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पहलहरू तथा आपसी चासोका अन्य विषयहरूमा व्यापक छलफल भयो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

Indian counterpart Mishri's meeting with Foreign Secretary Raiत्यस्तै परराष्ट्र मन्त्रालयले दुई देशको सम्बन्धमा जोड दिएको बताएको छ । ‘छलफलमा दुवै देशबीचको दृढ सम्बन्धलाई उजागर गर्दै पारवहन, व्यापार र विकास सहकार्य लगायतका विविध विषयहरू समेटिएका थिए,’ परराष्ट्र मन्त्रालये जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *