Tuesday, April 21News That Matters

काठमाडौंका स्पा र गेस्टहाउस मा यौन धन्दा : आठ बालिकाको उद्धार, पाँच पक्राउ

काठमाडौँ ,प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंका विभिन्न स्पा, गेस्टहाउस र खाजाघरहरूबाट आठ जना बालिकालाई उद्धार गरेको छ। उद्धार गरिएका बालिकाहरूलाई सुरक्षित आवासका लागि विभिन्न सेल्टर हाउसमा राखिएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

एसएसपी पंगेनीका अनुसार, ठमेलस्थित गोल्डेन स्पा, चाबहिलको फायर लन्च एन्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र मित्रनगरको खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट उद्धार कार्य सम्पन्न भएको हो।

यसै क्रममा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सिन्धुलीको दूधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बूढानीलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका हरिभक्त गिरी, र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद रहेका छन्।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस्ता अपराध रोकथामका लागि थप निगरानी र अनुसन्धान जारी राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *