Friday, April 17News That Matters

आयोगले बालेन सहित चार जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण ।।


१३ माघ काठमाडौं । निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको हो।

बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्।

आयोगका अनुसार उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको भन्दै उजुरी परेको थियो। उजुरीमा उनीहरूबाट घृणात्मक, भ्रामक तथा मानहानि लगायतका अभिव्यक्ति आएको आरोप लगाइएको छ।

सोही उजुरीका आधारमा आयोगले सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको समयभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *