Tuesday, April 21News That Matters

Month: January 2026

विधालय बसको ठक्करबाट बालिकाको मृत्यु ।।

विधालय बसको ठक्करबाट बालिकाको मृत्यु ।।

Breaking News, समाचार
१२ माघ काठमाडौं । नवलपरासी बर्दघाटको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमूना मावि केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली नगरपालिका १४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

Breaking News, खेलकुद, समाचार
११ माघ काठमाडौँ ।। पाकिस्तानले सलमान अली आगा को कप्तानमा टी-२० विश्वकपको टोली घोषणा गरिएको छ। बंगलादेशको समर्थनमा टी-२० विश्वकप नखेलने आशय देखाए पनि पाकिस्तान क्रिकेट (पीसीबी) ले आइतबार आफ्नो टोली घोषणा गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा पीसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सद आकिब जावेद, पाकिस्तानका टी-२० कप्तान सलमान अली आगा र सेतो बलका मुख्य प्रशिक्षक माइव जेम्स हेसनले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। सलमान अली आगालाई कप्तान बनाइएको छ । बाबर आजम, फखर जमान र शाहीन शाह अफ्रिदीज सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरिएको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। एक दिनअधि बंगलादेश बाहिरिएपछि पीसीबी प्रमुख मोहसिन नकवीले पाकिस्तानी सरकारले निर्देशन दिएमा पाकिस्तानी टोली पनि विश्वकप नखेलने बताएका थिए । ...