Monday, March 9News That Matters

प्रशिक्षण विमान दुर्घटना ,तीन जनाको मृत्यु ।।

२० माघ काठमाडौं । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क शहर नजिकै सोमवार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समयअनुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो।

क्षेत्रीय अधिकारीहरूकाअनुसार मृतकहरू सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षक हुन्। दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो।

आपतकालीन स्थिति मन्त्रालयकाअनुसार उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको बताएका छन्। स्थानीय कानून प्रवर्तन निकायहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *