काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीले पाएका छन् ।
मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

जोशी काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत रहेका थिए । उनले आफूलाई निमित्तको जिम्मेवारी दिएको जानकारी आएको बताए ।

