काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काभ्रेपलाञ्चोक, २८ पुसः अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु १६ लाखको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट सुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् ।
स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ । सो अवसरमा रुसेल...




