पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कास्की, १६ पुस : पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे ।
यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले हराएका थिए ।
यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अङ्कले पराजित गरी उपाधि जितिन् । खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गर...










