Monday, May 4News That Matters

Author: review khabar

राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

Breaking News
काठमाडौँ, १३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।...
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

समाचार
काठमाडौँ, १३ जेठः सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...
अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

Breaking News
चितवन, १३ जेठः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन । रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । ...
आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

समाचार
काठमाडौँ, १३ जेठ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट...
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

समाचार
काठमाडौँ, १३ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैब...
महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानुनी परामर्श कार्यक्रम

महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानुनी परामर्श कार्यक्रम

समाचार
भोजपुर, १३ जेठ : महिला तथा बालहिंसा न्यूनीकरण गर्न यहाँको रामप्रसादराई गाउँपालिकाले कानुनी परामर्श तथा चेनतामूलक कार्यक्रम सञ्चालन गरेको छ । विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहँुच विस्तार गर्न कार्यक्रम गरिएको हो । कानुनी परामर्शको मध्यमबाट जनस्तरसम्म चेतना फैलाउने उद्देश्यले महिला जनप्रतिनिधि र विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार कार्यक्रममार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जानकारी दिएको छ । गाउँमा हुने घरेलु हिंसा तथा बालहिंसा न्यूनीकरण गर्ने लक्ष्यले कानुनी परामर्श कार्यक्रम सञ्चालन गरिएको हो । तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रमार्फत महिला तथा बालबालिकाका विषयमा संविधानले दिएको अधिकार, कुनै पनि किसिमको हिंसा भ...
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

प्रदेश, समाचार
वीरगञ्ज (पर्सा)१३ जेठ सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । “गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।” कार्यालयले साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड, मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करो...
वटसावित्री पर्व मनाइँदैै

वटसावित्री पर्व मनाइँदैै

Breaking News
जनकपुरको विदेह नगरपालिका ८, बफैस्थित तपेसशरीबाबा स्थानको वटवृक्ष फेदमा पूजा आराधना गरेर वटसावित्री (बर्साइत) पर्व मनाउँदै व्रर्तालु महिला । बरको फेदमा भगवान् ब्रह्मा, विष्णु र महेशको पूजा आराधना गरी सवित्री कथा वाचन तथा श्रवण गर्दै पतिको दीर्घ जीवन, सुस्वास्थ्यको कामनाका साथ वटसावित्री पर्व मनाइन्छ।...
‘गणतन्त्र सुदृढ बनाउन समन्वय र सहकार्य आवश्यक’

‘गणतन्त्र सुदृढ बनाउन समन्वय र सहकार्य आवश्यक’

Breaking News
काठमाडौँ, १२ जेठ :तत्कालीन सात राजनीतिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौता तथा जनआन्दोलन र सशस्त्र युद्धको जगमा २०६५ जेठ १५ गते नेपाल गणतन्त्रमा प्रवेश गर्‍यो । गणतन्त्र घोषणापछि संविधासभाबाट नयाँ संविधान जारी अहिले मुलुक तीन तहको सरकारसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासमा छ । गणतन्त्रलाई विश्वमै उन्नत र प्रगतिशील शासन व्यवस्थाका रूपमा लिने गरिएको छ । सोही व्यवस्थाअनुरूप संविधानसभाबाट संविधान जारी भई दुईवटा निर्वाचन सम्पन्न भइसकेका छन् । यद्यपि, गणतन्त्र सुदृढीकरणका लागि आवश्यक ऐन, कानुन समयमै निर्माण नहुँदा केही प्रश्न उठाइएका छन् । जनताबाट गणतन्त्र ल्याउन योगदान गरेका राजनीतिक दलहरूबीचको समन्वय, सहकार्य र सहयोगलाई थप मजबुद बनाएर लैजानुपर्ने सुझाव छ । यसैबीच, गणतन्त्र दिवस २०८२ का अवसरमा विभिन्न राजनीतिक दलका महिला नेत्रीसँग ...
अभिव्यक्ति दिँदा संयमित हुन आयोगको आग्रह

अभिव्यक्ति दिँदा संयमित हुन आयोगको आग्रह

Breaking News
काठमाडौँ, १२ जेठः राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायत क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन र आफ्ना विरोध तथा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।” आयोगले देशको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरित हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ रहेको उल्लेख गरिएको छ । “शान्तिपूर्ण तवरबाट विचार...