“कुलिङ पिरियड’ राख्ने विषयमा फरक धारणा”
काठमाडौँ, १२ जेठः
नेपाल सरकारका बहालवाला सचिव तथा पूर्वसचिवहरूले ‘कुलिङ पिरियड’ राख्ने विषयमा फरकफरक धारणा राखेका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘प्रशासनिक सङ्घीयता कार्यान्वयनका सवालमा अन्तरसरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवाल’ विषयक कार्यक्रममा सहभागीले फरक धारणा राखेका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड सबै क्षेत्रमा लागू हुनुपर्ने धारणा राख्नुभयो । “कुलिङ पिरियड सबैमा लागू हुनुपर्छ, निमाजमती कर्मचारीमा मात्र होइन,” उहाँले भन्नुभयो, “राजनीतिक दलका नेता राजनीतिबाट अगल हुनेवित्तिकै दुई वर्ष नपुगी राजदूत हुन पाउने गरेको देखिन्छ ।” सापकोटाले कुलिङ पिरियडका कारण कतिपय स्थानमा विषय विज्ञताको अभाव देखिन सक्ने हुनाले प्राविधिक विषयमा दुई वर्ष कुलिङ पिरियड राख्न नहुने धारणा राख्नुभयो । पूर्वमु...










