काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !
तम्घास, १२ जेठ : देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसामा छलाङ मार्नुभएको हो । खर्ज्याङको ४५ रोपनी जग्गामा उहाँले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाउनुभएको छ । खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो ।
विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गर्नुभएका भण्डारीले गत मात्रै रु सात लाखको काँक्रा बिक्री गर्नुभयो । सुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउनुहुन्छ । “गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,” उहाँले भन्नु...









