दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनलमा
खोटाङ, ९ जेठ :
बाक्सिला फुटबल क्लब र नुनथला फुटबल दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बाक्सिला फुटबल क्लब तथा नेर्पा स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै नुनथला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । हलेसी तुवाचुङ र बाक्सिला फुटबल क्लबबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा बाक्सिला पुटबल क्लबका जर्सी नं. ३० का सामेल राईले गर्नुभएको गोल नै फाइनलका लागि निर्णायक बनेको थियो ।
निक्कै रोचक प्रतिस्पर्धा भएको सेमिफाइनलको पहिलो खेलमा बाक्सिला फुटबल क्लबका सामेलले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई फाइनल प्रवेश गराउनुभएको हो । नुनथला फुटबल क्लब र नेर्पा स्पोर्टस् क्लबबीच शुक...










