शिक्षा

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
घोराही (दाङ), २८ वैशाखः घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएको छ । खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो । बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गर्नुभएको हो । तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताउनुभयो । “स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले प्रतिफल राम्रो दिँदै गएको छ”, उहाँले भन्नुभयो, “कृषि पेसामा पनि आफूले त...
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
टक्सार (भोजपुर), २८ वैशाख ः भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो । सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । उहाँले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भन्नुभयो ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प...
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
लमजुङ, २८ वैशाख : जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट ...
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् । हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो । उहाँले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत ...
पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, २६ वैशाखः पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो । कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गर्नुभयो । दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् । केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् ।...
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ । ...
‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २४ वैशाखः अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गर्नुभयो । “मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनाँै भन्ने लाग्छ ।” साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताउनुभयो । निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमल...
सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १९ वैशाखः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना तथा कार्यक्रमसमेत परेका छन् । केही महत्त्वपूर्ण विषयलाई राससले बुँदागत रूपमा केलाएको छ । – उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन । – कर प्रणालीमा संरचनात्मक रुपान्तरण । – वैकल्पिक वित्त कोष स्थापना । – वस्तु विनिमयसम्बन्धी कानुन निर्माण । – नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना । – दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू । – बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना । – डिजिटल बैंकसम्...
भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
टक्सार (भोजपुर), १९ वैशाख : भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो । सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने । प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा...