आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर, २५ चैतः यहाँको मध्यपुरथिमि–३ गठ्ठाघर निवासी ७८ वर्षीया मिश्री देउजा आज वृद्धाभत्ता बापत प्राप्त रकम बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुग्नुभयो ।
बैङ्कबाट आइतबार निकालेको रु ११ हजार १११ वृद्धाभत्ता बोकेर छोरी बिणाको साथमा आइपुग्नुभएकी उहाँले मानव कल्याण समाजले भवन निर्माणार्थ आयोजना गरेको महायज्ञमा दान दिनुभयो । उहाँले भन्नुभयो, “जसको कोही छैन, उनीहरूको भगवान हुन्छ भन्छन्, मेरो वृद्वाभत्ता ती असाहयका लागि सहयोग गर्न पाउँदा मेरो मन आनन्दित छ ।”
काभ्रेको नमोबुद्ध नगरपालिकाबाट आमाको साथमा आएकी सात वर्षीया बालिका आस्भी खनालले खुत्रुकेमा जम्मा गरेको रु पाँच हजार ५५ दान गर्दा धरैको आँखा रसाए । विगत पाँच वर्षदेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मध्यपुरथिमि निवासी गोविन्दप्रसाद न्यौपानेले यज्ञस्थलमै आएर रु २१ हजार दान गर्नुभय...










