मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
टक्सार (भोजपुर), २४ चैतः भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।
भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक...










