Sunday, May 10News That Matters

शिक्षा

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कञ्चनपुर, २१ चैतः चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो । “असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक ललिता पन्तले भन्नुभयो, “छ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ ।” योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो । चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गरा...
मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, २१ चैतः मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ । बेनीबाट मुना–खोरीया–मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “बेनीबाट...
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

Breaking News, अर्थ, खेलकुद, प्रदेश, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
तानसेन (पाल्पा), २१ चैतः सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् । पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचानसहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना विषय र अधिकारबारे खुलेरै बोले । आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा थोरै मात्रै उपस्थित हुने गरे पनि सचेतनाका कारण पछिल्लो उपस्थिति बढ्दै गइरहेको साहसी क...
चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

Breaking News, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी (बेनी), २१ चैतः यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ । मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताउनुभयो । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उहाँले बताउनुभयो । यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा ए...
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २१ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३...
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २१ चैतः विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले राससलाई बताउनुभयो । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उहाँले बताउनुभयो । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उहाँले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।...
महालक्ष्मी विकास बैंक ग्राहक केन्दि«त बैंंकको रुपमा अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक ग्राहक केन्दि«त बैंंकको रुपमा अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्दि«त बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो । विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँ...
Cimex Inc. Pvt. Ltd. Honored with Prestigious Awards at BYD Asia Pacific 2025 Dealer Conference

Cimex Inc. Pvt. Ltd. Honored with Prestigious Awards at BYD Asia Pacific 2025 Dealer Conference

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd. in Nepal, proudly announces its outstanding achievements at the BYD Asia Pacific 2025 Dealer Conference held in Shenzhen, China. Themed "CONNECTED. INSPIRED. UNITED.", the event recognized top performing partners across the Asia Pacific region for their exceptional contributions. Cimex Inc. was honored with multiple prestigious awards, underscoring its leadership in advancing sustainable mobility in Nepal: ● All Brand Top Sales Award ● Asia Pacific Outstanding Strategic Partner Award ● 2024 Excellent Partner Award ● Top 20 Store Award In addition, several outstanding individuals were recognized for their exceptional contributions to sales excellence: Top Sales Award Winners: ● Loozah Maharjan ● Niraj...
बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो  साइमेक्स इंक

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award), एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र टप २० स्टोर अवार्ड (Top 20 Store Award) प्राप...
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
महालक्ष्मी विकास बैंक लि. ले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक श्री राहुल अग्रवालज्यूको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नुहुनेछ । बैंकले सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ । बैंकको यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई ...