Monday, May 4News That Matters

अर्थ

पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
चितवन, २७ चैतः नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ । कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ । प्रमुख केसीले भन्नुभयो, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस...
आज सागसब्जी र फलफूलको मूल्य

आज सागसब्जी र फलफूलको मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २७ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु २०, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५,...
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल

युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २७ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुनुहुन्छ । उहाँ काठमाडौँ क्षेत्र नं ६ बाट १४ हजार २०४ मत ल्याएर निर्वाचित हुनुभएको हो । रास्वपामा आउनुभन्दा पहिला सांसद खनालले दूरदराजमा शिक्षाको स्तर उकास्न काम गरिरहेको ‘टिच फर नेपाल’ संस्थाको संस्थापकका रूपमा काम गर्दै आउनुभएको थियो । पैतालीस वर्षीय खनालले विभिन्न शैक्षिक आन्दोलनमा अग्रणी भूमिका खेल्दै आउनुभएको छ । उहाँले अमेरिकाको ब्रिजपोर्ट विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातक र सामाजिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ । सांसद खनालसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश । युवा पलायन रोक्न के गर्नुपर्ला ? ...
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २७ चैतः समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ । समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो ।
बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न

बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, २७ चैतः चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको रु एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी-५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका-५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी-अर्थुङ्गे-तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ । गत पुस १९ गते रु दुई करोड नौ लाखमा विकेश-दुप्चेश्वर-सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५...
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक

शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
किमाथाङ्का (सङ्खुवासभा), २७ चैतः यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् । सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताउनुभयो । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उहाँको भनाइ छ । भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ...
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
लुम्बिनी, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गर्नुभएको छ । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन’ आ...
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली

पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
अर्घाखाँची, २७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहर...
तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
रामपुर (पाल्पा), २७ चैतः पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले हातमा सीप, आफूमा जाँगर, इच्छा शक्ति भयो भने इँटा पोलेर फालिएको पत्थरीलो जग्गा पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । दाजुभाइको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिँचाइ व्यवस्थापन गर्दै जाँदा अहिले कमाउने आधार बनेको छ । थापा दाजुभाइ एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारीखेतीमा लाग्नुभएको छ । उहाँहरूले करिब दश रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको हो । थापा दाजुभाइले ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरेर विगत छ वर्षदेखि बेमौसमी तरकारी उत्...
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २७ चैत : ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिनुभयो । प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्प...