झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
झापा, २७ चैत :खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन ।
“आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ ।”उहाँले यसपालि डेढ बिगाहामा मकै खेती गर्नु भएको छ ।
गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर बरपिपल कृषक समूह गठन गरेका छन् । समूहमा जोडिएरपाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरु मकै खेतीमा लागेका हुन् ।
झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुवेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताउनुभयो ...










