राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटघाट
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आज शीतल निवासमा भेटघाट गरेको छ । सो समूहका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोलीले फोटो पत्रकारहरूको योगदान, तस्बिर तथा समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विविध विषयमा राष्ट्रपति पौडेललाई अवगत गराएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सीमित स्रोतसाधन र जोखिमकाबीच कार्यक्षेत्रमा खटिनुहुने फोटोपत्रकारमाथि हुने जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थाको प्रत्याभूतिका लागि राज्य तथा सम्बन्धित सञ्चारगृह जिम्मेवारी बोधका साथ सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईंहरूले खिचेका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई थप विश्वसनीय एवं तथ्यगत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस्तो चुनौतीपूर्ण एवं ...










