‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू
काठमाडौँ, २० चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि अग्रज कलाकारहरूको सहभगितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू भएको छ ।
नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपालका लिपिहरू हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरूरी रहेको बताउनुभयो ।
सो क्रममा उहाँले भन्नुभयो, “नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्त्वपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन्, हराउने क्रममा छन्, ती लिपिहरूलाई अझै संवर्द्धन, प्रवर्द्धन गर्न यस प्रदर्शनीले भूमिका खेलोस् ।”
प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका कुरा रहेको आभास आफूले पाएको बताउँदै उहाँले आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्...










