पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पोखरा, २६ वैशाखः पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ लगानीकर्ताहरूका लागि व्यापारिक सम्भावनालाई पनि उजागार गर्ने बुझाई व्यवसायीको छ ।
पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै अहिलेको उडानले चिनियाँ पर्यटक पोखरामा भित्रिने र भ्रमण वर्ष सफल हुनेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि आशावादी हुनुहुन्छ । पोखरा–छेन्दु सिधा अन्तरराष्ट्रिय उडान चिनियाँ पर्यटकलाई सिधै पोखरा ल्याउने ढोका खोलि...










