Wednesday, April 22News That Matters

अर्थ

दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताउनुभयो । नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उहाँहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाउनुभएको हयाशीले जानकारी दिनुभयो । “पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ”, उहाँले नियमित प्रेस ब्रिफिङमा भन्नु...

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै : रिपोर्ट

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले सोमबार रिपोर्ट गरेको छ । यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ । रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उहाँलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब...

महा कुम्भ : मकर सङ्क्रान्तिमा बिहान १०.३० बजेसम्म एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् । विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिनुभएको छ । एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गर्नुभयो । “यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो । आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालु...

दक्षिण कोरियाली राष्ट्रपति युनको महाअभियोग सुनुवाइ सुरु

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाअभियोग सुनुवाइ मङ्गलबारदेखि सुरु भएको छ । देशको संवैधानिक अदालतले असफल मार्सल ल प्रयासका कारण उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि नगर्ने भनेर मूल्याङ्कन गर्ने तयारी गरेको छ । युनले सांसदहरूलाई नागरिक शासनको निलम्बनलाई मतदान गर्नबाट रोक्न असफल प्रयासमा सेनाहरूलाई संसद्मा आक्रमण गर्न निर्देशन दिनुभएपछि उहाँको डिसेम्बर ३ को सत्ता कब्जाले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेल्यो । त्यसपछि उहाँमाथि तुरुन्तै महाअभियोग लगाइयो र कर्तव्यबाट निलम्बन गरियो । तर त्यसयता उहाँ विद्रोहको आरोपमा अनुसन्धान गर्ने अधिकारीहरूको समन अस्वीकार गर्दै र पक्राउबाट बच्न राष्ट्रपतीय सुरक्षा टोलीको प्रयोग गर्दै आफ्नो निवासमै लुकेर बस्नुभएको छ । सांसदहरूले गत महिना युनको कार्यवाहक...

निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो : विशेष सल्लाहकारको रिपोर्ट

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार बिहान प्रकाशित गरेको छ । “संविधानले एक राष्ट्रपतिविरुद्ध निरन्तर अभियोजन र मुद्दा चलाउन निषेध गर्छ भन्ने अमेरिकी न्याय विभागको दृष्टिकोण पूर्ण छ र यो आरोपित अपराधको गम्भीरता, सरकारी प्रमाणको बलियोपन वा अभियोजनको गुण–दोषमा आधारित छैन, जसलाई कार्यालयले पूर्ण समर्थन गर्छ”, प्रतिवेदनमा भनिएको छ, “वास्तवमा श्री ट्रम्पको निर्वाचन र आसन्न राष्ट्रपति पदको पुनर्बहाली नभएको भए (विशेष सल्लाहकारको) कार्यालयले स्वीकार्य प्रमाणहरू परीक्षणमा दोषी ठहर गर्न र कायम राख्न पर्याप्त थियो भनी मूल्याङ्कन गरेको थियो ।” जनवरी २० मा ह्वाइट हाउस फर्कनु...

गाजा वार्ताको ‘अन्तिम चरण’ मङ्गलबार कतारमा सुरु हुने

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ मङ्गलबार कतारमा सुरु हुने भएको वार्ताबारे जानकार एक स्रोतले बताएको छ । “आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, “मङ्गलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदैछ ।” इजरायलका गुप्तचर निकायका प्रमुखहरू, आगामी र निवर्तमान अमेरिकी प्रशासनका मध्यपूर्व दूतहरू र कतारका प्रधानमन्त्री वार्तामा सहभागी हुने स्रोतले जनाएको छ । “मध्यस्थकर्ताहरूले हमाससँग छुट्टै वार्ता गर्नेछन्”, स्रोतले भन्यो । इजरायल र हमासबीच गाजा युद्धको अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूलाई रिहा गर्ने उद्देश्यले मध्यस्थहरू कतार, संयुक्त राज्य अमेरिका र इजिप्ट महिनौँदेखि वार्त...

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन । स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए । सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैन...

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् । मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो । वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए । यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् । टाइम्स अफ इजरायल समाचार वेबसाइटले वा...

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ हजार मानिस धेरै पटक विस्थापित भएका र तीव्र मानवीय सङ्कटको बीचमा सङ्घर्ष गरिरहेका छन्’ भनेको छ । “सन् २०२३ डिसेम्बरमा हामीले रेकर्ड गरेका हिंसाबाट लगभग तीन लाख १५ हजार मानिस विस्थापित भएका थिए”, आइओएमका प्रवक्ता केनेडी ओकोथ ओमोन्डीले पत्रकारहरूलाई भन्नुभयो, “त्यसयताको एक वर्षमा हामीले यो सङ्ख्या तीन गुणाले बढेर हैटीमा गिरोह हिंसाका कारण अब १० लाखभन्दा बढी मानिस विस्थापित भएको देखेका छौँ ।” राजधानी पोर्ट–अ–प्रिन्समा आइओएमले ‘निरन्तर गिरोह हिंसा, आवश्यक सेवाहरूको पतन–विशेष गरी स्वास्थ्य सेवा–...

लिबियाको तटबाट ४९३ आप्रवासीको उद्धारः आईओएम

अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार
आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मङ्गलबार जनाएको छ । जनवरी ५ र जनवरी ११ को बीच, “चार सय ९३ जना आप्रवासीलाई लिबिया फर्काइएको थियो,” आईओएमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको छ । सन् २०२४ मा, २१ हजार ७६२ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । त्यसमध्ये ६७४ को मृत्यु र एक हजार १५ जना भूमध्य मार्गमा हराएका थिए ।...