ऐसेलुखर्कका अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
खोटाङ, १६ पुसः जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरूपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरूले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरूपमा पूर्ण अप...








