संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक
काठमाडौँ, २० चैतः कानुन निर्माणको कोणबाट मात्र नभई सशक्त रुपमा जनताका आवाज मुखरित गर्ने सन्दर्भमा सङ्घीय संसद्को विधेयक अधिवेशन उपलब्धिमूलक रहेको सत्ता पक्ष र प्रतिपक्षको दाबी रहेको छ ।
सत्ता पक्षका सांसदले विगतका अधिवेशनका तुलनामा कानुन निर्माणका हिसाबले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल भएको जनाउँदै यसको गति अझ बढाउन विधि निर्माणका समयसीमा तोकेरै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
प्रतिपक्षका सांसदहरुले सरकारलाई संसद्प्रति जवाफदेही तुल्याउने र जनभावना सम्बोधनका लागि खबरदारी गर्ने कार्यमा आफूहरुले सशक्त भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो । गत माघ १८ गतेदेखि प्रारम्भ भएको सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्गलबार रातिदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनमा संसद्बाट भए÷गरेको कामकारबाही र सिकाइका सम्बन्धमा प्रमुख दलका प्रमुख सचेतकसँग कुराकानीको सम्पादित अंशः
...










