Wednesday, May 6News That Matters

पर्यटक

‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’

‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
ढोरपाटन (बागलुङ), २० चैत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । बागलुङमा आज आयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उहाँले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताउनुभयो । धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उहाँको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विद...
लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यन्त्री पाण्डे

लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यन्त्री पाण्डे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
कास्की, २० चैत : कास्कीमा आजदेखि लागुऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो । लागुऔषध नियन्त्रण लागुऔषध दुव्र्यसनलाई नियन्त्रण, लागुऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको उद्घाटन गर्दै लागू औषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । “लागुऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन् । यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक पर्द...
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
खोटाङ, २० चैत : ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं ३ ऐसेलुखर्क बजारमा निर्माण सुरू गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो । अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभयो । भ्याटसहित रू १९ करोड ३० लाख ४४ हजार ३०० को लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्था...
दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
धुलिखेल, २० चैत : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उहाँले बताउनुभयो । थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उहाँले खुसी हुँदै भन्नुभयो । खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थाल्नुभएको छ । यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उहाँले कहिँकतै पनि आँखाको उपचार गराउनुभएको थिएन ...
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
लुम्बिनी, २० चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिनुभयो । उच्च शिक्षामा बौद्ध दर्शन अन्तरराष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध द...
‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
भैरहवा (रूपन्देही), २० चैत : भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्...
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, २० चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । थाइल्याण्डको राजधानी बैंककमा आज आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो ‘बिमस्टेक डायलग’ लाई सम्बोधन गर्दै उहाँले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय सङ्गठनका रूपमा रहनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री डा राणाले भन्नुभयो, “अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता सङ्गठनहरू जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।” ...
तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
राँझा (बाँके), २० चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीहरूले त्याग बलिदानका कयौँ कृतिमान कायम गरेको बताउनुभयो । अध्यक्ष ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभयो । “हिजो जनयुद्धको बेलामा ...
संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, २० चैतः कानुन निर्माणको कोणबाट मात्र नभई सशक्त रुपमा जनताका आवाज मुखरित गर्ने सन्दर्भमा सङ्घीय संसद्को विधेयक अधिवेशन उपलब्धिमूलक रहेको सत्ता पक्ष र प्रतिपक्षको दाबी रहेको छ । सत्ता पक्षका सांसदले विगतका अधिवेशनका तुलनामा कानुन निर्माणका हिसाबले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल भएको जनाउँदै यसको गति अझ बढाउन विधि निर्माणका समयसीमा तोकेरै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिपक्षका सांसदहरुले सरकारलाई संसद्प्रति जवाफदेही तुल्याउने र जनभावना सम्बोधनका लागि खबरदारी गर्ने कार्यमा आफूहरुले सशक्त भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो । गत माघ १८ गतेदेखि प्रारम्भ भएको सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्गलबार रातिदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनमा संसद्बाट भए÷गरेको कामकारबाही र सिकाइका सम्बन्धमा प्रमुख दलका प्रमुख सचेतकसँग कुराकानीको सम्पादित अंशः ...
उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, २० चैत : नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी आपसी सहकार्यका लागि समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा आज महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझादरीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यस समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको महासङ्घले जनाएको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । “समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्य...