ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ८ फागुनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उहाँहरुबीचमा दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पु¥याउँदै आएको योगदानको उच्च कदर गर्नुभयो । उहाँले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उ...










