Monday, April 27News That Matters

पर्यटक

मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ

मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ६ फागुन : करिब १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई जनता सत्ता सञ्चालनमा सहभागी हुन पाएको दिनका रुपमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय दिवसका रुपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । नेपाली जनताले बोल्न, लेख्न, सङ्गठित हुन र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार प्राप्त गरी विधिको शासन सुनिश्चित गर्ने प्रक्रिया सुरु भएको यस दिनको महत्वलाई जीवन्त राख्नुपर्नेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ जोड दिनुहुन्छ । प्रजातन्त्र दिवसका अवसरमा राससकर्मी कृष्ण अधिकारी र कालिका खड्कासँगको कुराकानीमा मन्त्री गुरुङले लोकतन्त्रको आधारभूत मूल्य मान्यता स्थापित गर्न महत्वपूर्ण अभियानको रुपमा यस दिवसलाई स्मरण गर्दै सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । प्रेससँग सम्बन्धित विगतका कानुनमा समसामयिक सुधार गरी सङ्घीयताको मर्म र भावनालाई स्थानीय तहसम्मै अनुभूत गर्ने गरी...
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
महोत्तरी, ६ फागुनः चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । “चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भन्नुभयो, “तर निर्माण रोकिएपछि आश म-यो ।” विसं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउनुहुन्छ । विसं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण सुरु गरेको थियो । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण सुरु गरिएको थियो कुल रु २२ करोड अनुमानित लागतमा बन्न थालेको चिस्यानघर तीन हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ...
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, फिचर, राजनीति, विज्ञान प्रविधि, समाचार
सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैैछ । अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आगामी साढे दुई हप्तामा तीनवटा सहरमा च्याम्पियन्स ट्रफी आयोजना गर्दा दक्षिण एसियाली यस राष्ट्रको प्रतिष्ठामा ठूलो बढोत्तरी हुनेछ । “पाकिस्तान एक सुरक्षित देश हो र यो प्रशासनको दृष्टिकोणबाट यस्तो विश्वव्यापी प्रतियोगिता गर्न सक्षम छ भनेर विश्वलाई विश्वास दिलाउन गम्भीर मेहनत र विश्वास दिलाउन आवश्यक थियो”, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का पूर्वअध्यक्ष रमिज राजाले भन्नुभयो, “विश्वले अन्ततः हाम्रो दृष्टिकोण बुझ्यो ।” राजाको कार्यकालमा सन् २०२१ मा यो प्रतियोगिता प्रदान गरिएको थियो । लामो समयदेखि चलिरहे...
प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ

प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ६ फागुन (रासस): हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ । राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाललाई मृत्युदण्ड दिइएको थियो । ...
धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, ५ फागुनः यहाँको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा आज बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगर धुलिखेलमा फिल्म स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्याउने बताउनुभयो । “नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेलाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ”, उहाँले भन्नुभयो । ...
देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
देउखुरी (दाङ), ५ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उहाँले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो । स्थानीय समुदायल...
जिम्मेवार पत्रकारिताका लागि रासस पहिलो श्रेणीमा

जिम्मेवार पत्रकारिताका लागि रासस पहिलो श्रेणीमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
बनियानी (झापा), ५ फागुनः जिम्मेवार पत्रकारिताका लागि राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषय कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशतभन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको उल्लेख गर्दै यसरी समाचार प्रयोग गर्दा स्रोत खुलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरेलले आमनागरिकको अपेक्षाअनुसार आफ्ना समाचार उत्पादन गर्नुपर्नेमा बताउनुभयो । नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले राससजस्तो प्रभावकारी माध्यमले उत्पादन गर्ने समाचार...
परराष्ट्रमन्त्री डा देउवा र ओमानका विदेशमन्त्री अलबुसाइदीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र ओमानका विदेशमन्त्री अलबुसाइदीबीच भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ५ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच आज भेटवार्ता भएको हो । त्यसअवसरमा मन्त्री डा देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य प्रवर्द्धनका उपायबारे पनि छलफल भएको थियो । मन्त्री डा देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गर्नुभएको थियो । यसै सन्दर्भमा नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन...
भारतबाट फर्किएर बाख्रापालन, वार्षिक छ लाख आम्दानी

भारतबाट फर्किएर बाख्रापालन, वार्षिक छ लाख आम्दानी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
पाटन (बैतडी), ५ फागुनः बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन् । गाउँका अधिकांश युवा तेस्रो मुलुक छन् । दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा हुनुहुन्छ । उहाँलाई बाख्रापालन व्यवसायले घरायसीसहित छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्न कुनै समस्या छैन । “मलाई पनि बाहिर जाने सोच नआएको भने होइन, तर गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यावसायिक रुपमा बाख्रा पाल्न थाले”, उहाँले भन्नुभयो, “मेहनतअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ ।” विगत छ वर्षदेखि व्यावसायिक बाख्रापालन गरीरहेका दीपकको फार्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरि ७० बढी बाख्रा छन् । तिमध्ये ४७ माउ, आठ खसी र बाँकी पाठापाठी छन् । उनीहरुका लागि व्यवस्थित खोर पनि निर्माण गरिएका छन् । “चार वर्ष रोजगारीका लागि भारत गए, सेक्युरेटी गार्डको काम थियो, तलब तीन...
देशका सबै संस्कृति, सभ्यता र आवाजलाई जोड्न राससले कोसिस गरिरहेको छ : प्रमुख सचेतक महतो

देशका सबै संस्कृति, सभ्यता र आवाजलाई जोड्न राससले कोसिस गरिरहेको छ : प्रमुख सचेतक महतो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ५ फागुन : नेपालको पत्रकारिता क्षेत्रमा एउटा बेग्लै इतिहास र महत्त्व बोकेकै कारण राष्ट्रिय समाचार समिति (रासस)ले विशिष्ट खाले भूमिका निर्वाह गर्दै आएको छ । राससले मुलुकका सबै भागका संस्कृति, सभ्यता र आवाजलाई जोड्ने कोसिस गरिरहेको छ । सरकारी सञ्चारमाध्यम राससले अपेक्षित रूपमा नयाँ प्रविधिलाई प्रवेश गराई आफूलाई समयसापेक्ष तुल्याउन सक्नुपर्छ । अरू सरकारी संस्था जस्तै यसको पनि साधन–स्रोत कम छ भन्ने सुनेको छु । त्यसप्रति आवाज उठाउन र सोच्नुपर्ने बेला आएको छ । नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नेभन्दा नकारात्मक पक्षका घटनाले चर्चा र ‘भ्युज’ पाउने गरेको छ । धेरै मानिस चटपटे न्युजका पछाडि दौडिरहेका देखिन्छ । राष्ट्र र राष्ट्रियताको संवर्द्धन गर्ने तथा जनचेतनामूलक न्युजलाई आवश्यक महत्त्व दिएको पाइँदैन । हामी जुनसुकै पार्टी र खेमाका भए पनि राष्ट्रपति र प्रधानमन्त्री देशका साझ...