Monday, April 27News That Matters

पर्यटक

अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ : प्रमुख सचेतक घिमिरे

अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ : प्रमुख सचेतक घिमिरे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्रको गरिमा र ओज बढाउने मुलुकभरका राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचारलाई राष्ट्रिय समाचार समिति (रासस)ले समेट्ने प्रयास गरिरहेको छ । राससले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने कसरी भन्ने हो । एकाधिकार बजार भएसम्म मात्र राज्यद्वारा सञ्चालित सरकारी संस्थान सञ्चालन हुने विगतका अभ्यास रहेकाले राससले पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने हिसाबबाट आफूलाई तयार पार्नुपर्ने आवश्यकता छ । त्यसका लागि राससले आफूलाई ‘अपडेट’ गरी अघि बढ्न सक्नुपर्छ । आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्छ । आवश्यक स्रोतसाधन जुटाउँदै लैजानुपर्छ । आप्mनै खुट्टामा उभिने मानसिकता बनाउनुपर्छ । राससको प्रभावकारी प्रयोग र प्रभावकारी भूमिका र उन्नतिका लागि भोलि आउने निजी क्षेत्रका यस्ता समाचार संस्थासँग प्रतिस्पर्धा गर्ने सामथ्र्य विकास गरेर जान सकोस् । संसदीय ‘रिपोर्टिङ’मा राससले राम्रो गरिरहेको छ । राससका...
नीतिगत र कानुनी सुधार, शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा

नीतिगत र कानुनी सुधार, शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ५ फागुनः गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार, शान्तिसुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । बढ्दो सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, राजस्व चुहावट र साइबर अपराध सुरक्षा चुनौतीका रुपमा देखापरेका जनाउँदै प्रवक्ता तिवारीले त्यस्ता चुनौती सामना गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिई प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत माघ १५ गते सङ्घीय संसद्मा दर्ता भएको बताउनुभयो । विपद्जन्य घट...
‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’

‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ५ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताउनुभएको छ । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उहाँले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी दिनुभएको हो । “हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशलाई निर्यात गर्ने सम्झौता गरेका छौँ, उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैलाई हुने भएकाले विपन्न वर्गलाई सस्तो ब्याजदरमा रु दुईदेखि पाँच लाखको सेयर उपलब्ध गराउनेगरी सरकारले काम गरिरह...
उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कीर्तिपुर (काठमाडौँ), ५ फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते हुनुभएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि आज डिस्चार्ज हुनुभएको हो । अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अङ्गहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिनुभयो । “छालाका घाउहरू निको हुने क्रममा छन् । पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीले भन्नुभयो । सोही घटनामा जलनमा पर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही...
चन्द्रागिरि नगपालिकाले हाँसिल गरेका असल अभ्यास अनुकरणीछ छन् : विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिस

चन्द्रागिरि नगपालिकाले हाँसिल गरेका असल अभ्यास अनुकरणीछ छन् : विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिस

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, ५ फागुनः नेपाल भ्रमणमा रहेको विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको उच्च प्रशंसा गरेका छन् । योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सरहाना गर्दै नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष एवं कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख ...
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
भोजपुर, ५ फागुनः रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिनुभयो । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताउनुभयो । एकाइस मुखे मुखद्धार एउटा दाना रु २० लाखदेखी ६० लाखसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको उहाँले बताउनुभयो । “मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भन्नुभयो,“मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना रु २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।”आठदेखि २९ मुखसम्म भएको दानालाई म...
युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, विज्ञान प्रविधि, समाचार
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा आपत्कालीन बैठक बोलाउनुभएको छ । यो कदम ट्रम्प प्रशासनको एक हप्ते युक्रेनसम्बन्धी कूटनीतिक प्रहारपछि आएको हो । ट्रम्पले क्रेमलिनलाई अँगालो हाल्नुभएको र आफ्ना पुराना युरोपेली सहयोगीहरूलाई चिसो व्यवहार गर्नुभएको जस्तो देखिन्छ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पुनर्निर्वाचनअघि महिनौँसम्म आक्रामक चेतावनीहरू दिनुभए पनि इयुले अन्ततः आफ्नो सुरक्षा बलिाये बनाउन कार्य गर्न थाल्नेछ र वासिङ्टनको सैन्य शक्तिमा कम निर्भर हुन थाल्नेछ भनेर इयुका नेताहरूले सार्वजनिक रूपमा यी खतरनाक पूर्वसङ्केतहरूलाई बेवास्ता गरे र कुनै न कुनै तरिकाले ट्रम्प युरोपको साथमा उभिनुहुन्छ भन्ने आशा गरे । ...
बगरमा प्याज खेती गर्दै किसान

बगरमा प्याज खेती गर्दै किसान

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
टीकापुर, ५ फागुनः कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ । माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आउनुभएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताउनुभयो । ‘‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो’’, चौधरीले भन्नुभयो, ‘‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो ।’’यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उहाँको भनाइ छ । ‘‘सुरुमा हामी एक दुई ...
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
गोरखा, ५ फागुनः गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । ‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्न सक्छन्, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’’ सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहाने विपन्न महिला वडावडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग...
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, ५ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । “गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको रु. १५ लाख बजेटबाट उपभोक्रा समिति मार्फत मुना देखि साइलाखर्क सम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको रु. २० लाख बजेटबाट साइलाखर्क देखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ ।” ...