आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलकोट (बागलुङ), ९ माघः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”...










