राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, ५ फागुन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ । ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उहाँले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताउनुभयो ।
अहिलेका विकसित देशहरु बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गर्नुभयो । कडा मेहनत र परिश्रमविन...










