Thursday, April 23News That Matters

प्रदेश

डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता

डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, ४ फागुन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताउनुभयो । “बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उहाँले भन्नुभयो “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।” दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ...
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
ढोरपाटन (बागलुङ), ४ फागुन : काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उहाँले समावेशी विकासको आवश्यकता भएको बताउनुभयो । नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ । गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उहाँले बताउनुभयो । अध्यक्...
तरकारीखेतीबाट सात लाख आम्दानी

तरकारीखेतीबाट सात लाख आम्दानी

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
कञ्चनपुर, ४ फागुन : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आउनुभएको छ । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धान्नुभएको छ । अरुको जग्गामा बस्दै आउनुभएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गर्नुभएको छ । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भन्नुभयो, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।” तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउनुहुन्छ । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्नुहुन्थ्यो । बगरखेती ग...
एपिक नेपाल म्युजिक अवार्ड घोषणा

एपिक नेपाल म्युजिक अवार्ड घोषणा

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
भक्तपुर, ४ फागुन : यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताउनुभएको हो । उहाँले यस वर्षको अवार्ड प्रदानमा लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिने घोषणा गर्नुभयो । पत्रकार सम्मेलनमा सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उहाँले बताउनुभयो । यस वर्ष सर्वाेत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिनेमा लेकगीततर्फ गायक, ...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कास्की, ४ फागुन : देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे । अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले रु तीन लाख पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् । ...
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।२५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू ; रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरुलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।...
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ – उपमहानगर प्रमुख पाण्डेय

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ – उपमहानगर प्रमुख पाण्डेय

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
लुम्बिनी, ३ फागुन : स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र सङ्घीयताको अभ्यास गरिरहेका छन् । यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र सङ्घीयताको मर्मबमोजिमका कामहरू गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ । विगतमा खस्यौली, बटौली, बुटौलजस्ता नाममा स्थापित अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द...
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), ३ फागुनः बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उहाँले बताउनुभयो । आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ । अध्यक्ष मगरले भन्नुभयो, “आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन् ।” आगलागीको कारण अझै पत्ता लागेको छैन ।...
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
चितवन, ३ फागुनः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।” व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।” माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उहाँको भनाइ छ । एकले अर्कोलाई स्वीकार ग...
यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं, ३ फागुनः सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । “आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उहाँले भन्नुभयो । एक प्रश्नको जवाफमा उहाँले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिनुभयो । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँको कथन थियो । बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भए...