विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, विचार, समाचार, स्थानीय तह विशेष
मान्म (कालीकोट), ७ माघ : यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।
विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिनुभयो ।
“सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।”
विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताउनुभयो ।
व...

