महा कुम्भ : मकर सङ्क्रान्तिमा बिहान १०.३० बजेसम्म एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान
महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् ।
विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिनुभएको छ ।
एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गर्नुभयो । “यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो । आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालु...

