‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ ।
आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा बुद्धिजीविहरूले देश र जनताको पक्षमा आफ्नो ज्यानलाई बाजीमा राखी स्वदेश फर्किएर विपी कोइरालाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएको बताउनुभयो ।
राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विपी कोइरालाको राजनीतिक प्रभाव र सक्रिय गतिविधिका कारण २०३६ सालमा आमनिर्वाचन घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुपरेको चर्चा गर्दै उहाँहरूले उहाँ एक सच्चा राष्ट्रवादी, दूरदर्शी, बौद्धिक एवं साहसिक नेता हुनुहुन्थ्यो भन्नुभयो ।
सो अवसरमा नेपाली कांग्र...










