मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
तेह्रथुम, ९ माघः कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ ।
लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो ।
आर्थिक वर्ष २०६४÷६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लाबासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो । लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्र्नेे बाध्यता थियो । त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण...










