Tuesday, May 5News That Matters

राजनीति

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदानप्रदानको समझदारी

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदानप्रदानको समझदारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ३१ चैतः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको चोङकिङ नगरमा आज आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइने छ । यस्तै, पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तरराष्ट्रियकरण तथा व्यावसायिकता प्रवद्र्धन गरिने प्रतिनिधिमण्डलका सदस्य रामदीप आचार्यले राससलाई जानकारी दिनुभयो । समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ । मा...
वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै

वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पर्वत, ३१ चैतः वालिङ–हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ । यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो । सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत रु चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर कालेपत्र गरिएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिनुभयो । चालु आवभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । यो सडक १६ किलोमिटर लामो छ ।...
‘संविधानभन्दा माथि कोही छैन’

‘संविधानभन्दा माथि कोही छैन’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, ३१ चैतः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभएको छ । आज नमोबुद्ध नगरपालिका वडा नं १ को वडा कार्यालय, मधुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा उहाँले संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य हो भन्नुभयो । मन्त्री सिंहले गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको सुनाउँदै सङ्घीयतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको बताउनुभयो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ ल...
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
इलाम, ३१ चैतः नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरु आज अपराह्न कन्याम आइपुग्नुभएको हो । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गर्नुभएको हो । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल...
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति

ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
भोजपुर, ३१ चैत : जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागतमा सडक स्तरोन्नति थालिएको हो । पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिनुभयो । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ । पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–सहिद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँ...
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी

संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ३१ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रियसभाको सांसद हुनुहुन्छ । विसं २०३६ देखि राजनीति सुरु गर्नुभएका उहाँ २०६४ सालमा संविधानसभाको सभासद् हुनुहुन्थ्यो । सुनिल स्मृति गाउँपालिका–६ रोल्पा निवासी सुवेदी २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । सांसद सुवेदी तत्कालीन गाविस अध्यक्ष हुँदै २०४९ सालमा जिल्ला विकास समिति रोल्पाको सभापतिसमेत हुनुभएको थियो । सांसद सुवेदीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ः रोल्पा जिल्ला पहिल्यैदेखि विकास नभएको दुर्गम जिल्ला हो । भौतिक पूर्वाधार विकासको हिसाबले पछाडि पारिएको जिल्ला हो । त्यहाँको मुख्य समस्या सडक हो । अहिले पनि कच्ची बाटो छ । खोलामा पुल अभाव छ, सडक कालोपत्र हुनसकेको छैन । रोल्पा कृषिम...
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
झापा, ३१ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।...
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
झापा, ३१ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । दुई बिघामा रु १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौ...
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पाटन (ललितपुर), ३१ चैतः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । “मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताउनुभयो । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्...
नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति

नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २९ चैतः नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि चलिरहेको वार्ता सम्पन्न भएको छ । दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवद्र्धन गर्ने वि...