Tuesday, May 5News That Matters

राजनीति

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २६ चैत : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदै हुनुहुन्छ । आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र सुदृढीकरण, लामो समयदेखि हुन नसकेको कर्मचारीको वृत्तिविकास र आर्थिक समस्यालाई हल गर्न सफल भएको उहाँले बताउनुभयो । उपकुलपतिका रुपमा डा गिरी २०७६ चैत २७ गते नियुक्त हुनुभएको थियो । नियुक्तिअघिदेखि नै प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको नियमावली र त्यसअनुसार विभिन्न विधाहरुमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी कटौतीका कारण आर्थिक समस्या खेप्दै आइरहेको उल्लेख गर्दै उपकुलपति डा गिरीले लामो प्रयासका बाबजुद त्यसलाई समाधान गर्न सफल भएको बताउनुभयो । प्रतिष्ठानको मुख्य आयस्रोत नागरिकलाई उपचार दिएबापतको रकम नभई दक्ष जनशक्ति उत्पादन गरेब...
म्यानमार सहयोग पठाउँदै सरकार

म्यानमार सहयोग पठाउँदै सरकार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैतः गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गर्नुभएको छ । गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ । गृह मन्त्रालयका अनुसार ती सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायत छन् । यही चैत १५ गते म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । नेपाल सरकारले पठाउन लागेको राहत सामग्री रु दुई करोड ४७ लाख बराबरको ४१ टन रहेको गृह मन्त्रालयले जनाएको छ । यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध ...
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गुल्मी, २६ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताउनुभयो । कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचिएर बस्न नसक्ने बताउनुभयो । एउटा व्यक्तिल...
राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
सिरहा, २६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताउनुभएको छ । सिरहा सदरमुकाममा नेकपा (एमाले) को ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरुको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताउनुभयो । “राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।” व्य...
मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सावित्री मल्ल

मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सावित्री मल्ल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य सावित्री मल्ल विगत एक वर्षदेखि कर्णाली प्रदेश (महिलातर्फ)बाट सङ्घीय संसद, राष्ट्रियसभाको सांसद हुनुहुन्छ । तत्कालीन सत्तारुढ गठबन्धनको राष्ट्रियसभाको सदस्यमा उम्मेदार हुनुभएकी सांसद मल्लले नेकपा (एमाले)की नेत्री विमला शाहीलाई पराजित गर्नुभएको थियो । उहाँले विस २०४२ देखि महिला आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । महिलाका सवालमा संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छैन । संविधानको धारा ३८ को ‘महिलाको हक’मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ’ भनिए पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुनसकेको छैन । त्यसैगरी प्रतिनिधिसभाको सवालमा धारा ८४ मा व्यवस्था गरिएको ‘सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्य...
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
दमौली (तनहुँ), २६ चैतः आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो, अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन ।” शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ । निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताउनुभयो । केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुना...
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि

सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
महेन्द्रनगर (धनुषा), २६ चैतः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताउनुभयो । “नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भन्नुभयो । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यक...
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
दिपायल (डोटी), २६ चैतः डोटीमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गरिने भएको छ । जिल्लाको बडीकेदार गाउँपालिकाले वडा नं १ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रुपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने बताउनुभयो । साथै सो कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबाल...
क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैतः क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राख्नुभयो । “यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भन्नुभयो, “होटल मक्र्योर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सर...
पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
तानसेन (पाल्पा), २६ चैतः लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ । यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताउनुभयो । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्...