Wednesday, May 6News That Matters

राजनीति

नेपालमा धेरै सम्भावना छन्, धेरै गर्न सकिन्छ : सांसद साह

नेपालमा धेरै सम्भावना छन्, धेरै गर्न सकिन्छ : सांसद साह

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २२ चैत : विगत दुई वर्षदेखि प्रतिनिधिसभामा रहँदैगर्दा कानुन निर्माणमै केन्द्रित भए । केही कानुनहरु बनिसकेका छन् । निजामती, शिक्षा, प्रहरी ऐनलगायतका कानुनहरु बन्ने क्रममा छन् । संसद््मा छलफलकै क्रममा छन् । शिक्षा, स्वास्थ्य, बेरोजगारी, महँगी, भ्रष्टाचार, महिला हिंसा, बाढी, पहिरो, भूकम्पलगायत समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम पनि गर्दै आएकी छु । नेपालको संविधान २०७२ मा महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, अपाङ्गतालगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको छ । संविधानले नै स्थानीय तहलाई अधिकार दिएको छ । महिलाको सवालमा पनि विगतको तुलनामा सहभागिताको हिसाबले सुधार हुँदै गएको छ । अहिलेको संविधान पूर्ण रुपमा महिलामैत्री छ । सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको सहभागिता छ । प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिलाको सहभागिता रहेको छ । ...
बिम्स्टेक शिखर सम्मेलन सुरु

बिम्स्टेक शिखर सम्मेलन सुरु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
बैङकक, २२ चैत : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गर्नुभएको थियो । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नुहुनेछ ।...
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का

सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २२ चैत : ऊर्र्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताउनुभएको छ । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्र्जा क्षेत्रको विकास गर्न चाहेको बताउनुभएको हो । “सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्यु...
संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
वालिङ (स्याङ्जा), २१ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताउनुभयो । हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उहाँले बताउनुभयो । “गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।” नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा...
भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २१ चैत : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । भेटका अवसरमा उहाँहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गर्नुभयो । उपप्रधानमन...
प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
बैङ्कक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री हलिङसँग ‘साइडलाइन’ भेटवार्ता भएको हो । उहाँहरुबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीसहित बिम्स्टेक मुलुकका सरकार प्रमुखहरु एकै ठाउँ ...
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबीच भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २१ चैतः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ ।...
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
बैङ्कक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोब्गेबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो । उहाँहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षबारे छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।...
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
राँझा (बाँके), २१ चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताउनुभएको छ । अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गर्नुभयो । “विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उहाँले भन्नुभयो, “हामी सच्चिन तयार छाँै, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।” हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष द...
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
बैङ्कक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग कार्यकारी सचिव सलैहले आज भेट गर्नुभएको हो । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो ।...