डा. तोशिमा कार्कीद्वारा संसदमा नेपाल रेडक्रस संकटबारे गम्भीर चिन्ता
काठमाडौ, आकस्मिक विषयमा राखिएको प्रतिनिधि सभा बैठकमा डा. तोशिमा कार्कीले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रस सोसाइटीको सदस्यता निलम्बन हुनसक्ने चेतावनी को विषयमा राख्नु भएको मन्तव्य यस्तो छ ।
सम्माननीय सभामुख महोदय,
सरकारले यो सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले आज म लज्जाबोध भएको छु।
आजभन्दा पाँच महिना अघि गत साउन २१,२०२१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भइरहेको चरम भ्रष्टाचारको विषय उठाएको थिएँ। महिला बालबालिका मन्त्रालय, समाज कल्याण परिषद् को अध्ययन अन्तर्गत भएको १७औं छानविनको सत्रौं प्रतिवेदन सार्वजनिक गरियोस्, दोषी माथि कारबाही होस्, रगत माथिको अपराध, जग्गाको अपचलनको विषय, Blood bagको टेन्डर प्रक्रियामा भएको चलखेल र केन्द्रीय कार्यसमितिको वैधानिकताको विषयमा यो संस्कारसँग जवाफ मागेको थिए। यथेष्ट प्रमाण सहित प्रस्तुत गरेको थिएँ। तर न प्रत...










